काठमाडौं – महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६को चौथो त्रैमासमा खुद नाफा २ करोड ७४ लाख ४३ हजार कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । गत वर्ष कम्पनीले १ करोड १३ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस अनुसार संस्थाको यो नाफा गत वर्षको तुलनामा १४१.१२% ले धेरै हो ।
यता, संस्थाले खुद ब्याज आम्दानी ४६.५४% र सञ्चालन नाफा २११.०८% ले वृद्धि गर्न सफल भएको छ । गत वर्ष ५ करोड ५२ लाख २० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले यस चौथो त्रैमासमा बढाएर ८ करोड ९ लाख २३ हजार रुपैयाँ पुर्याएको छ । साथै, सञ्चालन नाफा १ करोड ६ लाख १६ हजार रुपैयाँबाट बढेर ३ करोड ३० लाख २५ हजार रुपैयाँ पुगेको छ ।
यो चौथौ त्रैमाससम्ममा संस्थाको निक्षेप २९ करोड ९४ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जा १ अर्ब २१ करोड ७४ लाख ६२ हजार रुपैयाँ प्रवाह गर्न सफल भएको छ । चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा ४ करोड ५७ लाख रुपैयाँ जम्मा भएको छ ।
संस्थाको खराब कर्जा भने ०.०.२१%ले बढेर २.५५% पुगेको छ । गत वर्ष संस्थाको खराब कर्जा २.३४% रहेको थियो । प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६८ पैसा रहेको महिलाको प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्