Skip to content
LAXMI SUNRISE BANK

महुली लघुवित्तको खुद नाफा ७७.५३% वृद्धि, यस्तो छ अन्य सूचकको अवस्था

अर्थ सरोकार

काठमाडौं – महुली लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा ७७.५३% वृद्धि भएको छ । गत वर्ष  २ करोड ४१ लाख ८९ हजार रुपैयाँ  खुद नाफा कमाएको संस्थाले यस वर्ष ४ करोड २९ लाख ४४ हजार रुपैयाँ पुर्याएको छ । 
यता, संस्थाले खुद ब्याज आम्दानी ४५.२८% वृद्धि गरेको छ । संस्थाले खुद ब्याज आम्दानी १४ करोड ७३ लाख २५ हजार रुपैयाँ आर्जन गरेको छ । साथै, सञ्चालन नाफा पनि ६ करोड ७४ लाख ४२ हजार रुपैयाँ पुर्याएको छ ।  रिजर्भ कोष भने ६.२३% ले मात्र बढेर १९ करोड ३१ लख ९५ हजार रुपैयाँ कायम भएको छ ।
यो चौथौ त्रैमाससम्ममा संस्थाले निक्षेप संकलन २८.७४% र कर्जा प्रवाह ३८.५३% ले विस्तार गर्न सफल भएको छ । महुलीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ९ पैसाले बढेर ४२ रुपैयाँ १०पैसा (बार्षिक) कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने २८९ रुपैयाँ ४१ पैसामा रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK