काठमाडौं । सरकारले बृद्धि गरेको पारिश्रमिक अविलम्भ दिलाउनुपर्ने माग राख्दै कान्तिपुर लगायतका संचार गृहका पत्रकार तथा मजदुरहरुलेप्रर्दशन गरेका छन् । बानेश्वरदेखि माइतिघर मण्डलासम्म भएको प्रर्दशनमा श्रमजीवी पत्रकार ऐन पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने, सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा श्रमजीवीको पक्षमा सर्वोच्वको फैसला हुनुपर्ने, एउटै हाउसमा दुईवटा ऐन लागु गर्ने षड्यन्त्र रोक्नुपर्ने, सम्पूर्ण पत्रकारहरुलाई प्रेसपासका लागि विवरण बुझाउनुपर्ने लगायतका नारा लगाउँदै माइतीघर मण्डलामा कोणसभा गरिएको थियो ।
कान्तिपुर मिडिया ग्रुप संयुक्त संघर्ष समितिको आयोजनामा भएको कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले श्रमजीवीका मुद्धामा पत्रकार महासंघ सबै श्रमजीवी मजदुरहरुसँग सहकार्य गरेर श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि दवाव दिन तयार रहेको बताए । दुई दिनअघि महासंघले बढेको पारिश्रमिक दिन र ऐनमा तोकिएका सेवासुविधा उपलब्ध गराउन सञ्चारगृहमा दवाव दिने निर्णय भएको जानकारी दिदै जैसीले साझा मुद्धामा सहकार्यका लागि आम श्रमजीवी मजदुरहरुलाई आव्हान गरे।
सर्वोच्च अदालतमा विचाराधीन मुद्धा आगामी २० गते बहस हुनु केहीदिन अघि मजदुर र पत्रकारहरुले सरोकारवालाको ध्यानाकर्षण गराउन सो प्रदर्शन गरेको आयोजकहरुले बताएका छन् । प्रदर्शनपछिको कोणसभामा इन्प्रेसन नेपालका अध्यक्ष महेन्द्र श्रेष्ठले श्रमजीवीका जायज मुद्धा पुरा गराउन सबै एकतावद्ध हुनुपर्ने धारणा राखे । अखिल नेपाल सञ्चार छापाखाना र प्रकाशन मजदुर संघका अध्यक्ष रमेश केसीले कान्तिपृुरलगायतका सञ्चारगृहमा कार्यरत पत्रकार मजदुरहरुको अधिकार प्राप्तिका लागि अब इमान्दारपूर्वक सबै सञ्चार संगठनहरु आन्दोलित हुनुपर्ने धारणा राखे ।
कार्यक्रममा अखिल नेपाल क्रान्तिकारी सञ्चार छापाखाना र प्रकाशन मजदुर संघ कान्तिपुर पब्लिकेशन प्रा.लि मुल इकाई कमिटी अध्यक्ष श्रीराम वाग्ले, कान्तिपुर कर्मचारी युनियनका अध्यक्ष अर्जुन पाठक, कान्तिपुर टेलिभिजन कर्मचारी संघका अध्यक्ष निर्मला बस्नेतलगायतले निर्णायक आन्दोलनका लागि पत्रकार र मजदुरहरु मिलेर अघि बढन् आग्रह गर्दै जस्तोसुकै चुनौतिसँग पनि नझुकी डटेर मालिकहरुको दमनको सामना गर्नुपर्ने धारणा राखे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्