
काठमाडौँ । नेपालका वाणिज्य बैंकहरुमध्ये एकमात्र महिला सीइओ भएको बैंक मेगा बैंक लिमिटेडले ३०.५१ प्रतिशतले नाफा बढाएको छ । बैंकले सार्वजानिक गरेको वित्तीय विवरण अनुसार बैंकले एक अर्ब ७१ करोड ९२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक बर्षमा बैंकको नाफा ३०.५१ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक बर्ष ०७४-७५ को सोही अवधिमा बैंकले १ अर्ब ३१ करोड १२ लाख खुद मुनाफा कमाएको थियो । बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ३५ करोड ८० लाख रुपैयाँ रहेको छ । सोलाई आधार बनाएर हेर्ने हो भने बैंकले १३ प्रतिशतसम्म लाभांश दिन सक्ने देखिन्छ ।
बैंकको खुद ब्याज आम्दानी ५९.९१ प्रतिशतले बढेर ३ अर्ब ७९ करोड ५६ लाख पुगेको छ । समिक्षा अवधिसम्ममा बैंकले ७८ अर्ब ६८ करोड ४८ लाख निक्षेप संकलन गरेको छ। गत आर्थिक बर्षको तुलनामा यो २८.८६ प्रतिशतको बढोत्तरी हो । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा बैंकले ६१ अर्ब छ करोड २९ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकको कर्जा लगानी २५.६४ प्रतिशतले बढेर ६९ अर्ब ९८ करोड ७९ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५५ अर्ब ७० करोड ४२ लाख कर्जा लगानी गरेको थियो ।
बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकको खराब कर्जा ०.८६ प्रतिशत रहेको बैंककोे मूल्य आम्दानी अनुपात १२.८७ गुणा, प्रतिशेयर नेटवर्थ एक सय ३० रुपैयाँ ९३ पैसा, प्रति शेयर आम्दानी १६ रुपैयाँ ५५ पैसा, आधार ब्याजदर ९.९८ प्रतिशत, कोषको लागत ७.६७ प्रतिशत, पुँजी पर्याप्तता अनुपात १५.४८ प्रतिशत र सीसीडि ७५.७९ प्रतिशत रहेको छ । यो विवरणलाई मेगा बैंकको हकमा उत्साहप्रद नै मान्न सकिन्छ ।
हेरौं कम्पनीको वित्तीय हाइलाइट्स

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्