×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिथिला लघुवित्तको खुद नाफा १००.०८% ले वृद्धि हुँदा रिजर्भ कोष पनि मजबुत !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मिथिला लघुवित्तको खुद नाफा १००.०८% ले वृद्धि हुँदा रिजर्भ कोष पनि मजबुत !

१७ श्रावण २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – मिथिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को चौथौ त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । सार्वजनिक भएको रिपोर्ट अनुसार संस्थाको सम्पूर्ण सूचक आकर्षक रुपमा वृद्धि भएको छ । संस्थाको खुद नाफा १००.०८% ले वृद्धि गरेर १ करोड ९१ लाख ८२ हजार रुपैयाँ कमाएको छ । गत वर्ष यसै अवधिमा कम्पनीले ९५ लाख ८७ हजार खुद नाफा कमाएको थियो । 
यस्तै, संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश : ३४.२७% र ११३.५०% ले वृद्धि भएको छ । संस्थाको खुद ब्याज आम्दानी ५ करोड ८७ लाख ६३ हजार रुपैयाँ आर्जन गरेको छ भने सञ्चालन नाफा २ करोड ९५ लाख ८ हजार रुपैयाँ पुर्याएको छ। संस्थाको रिजर्भ कोष पनि मजबुत हुँदै गएको छ । रिजर्भ कोष १८७.३३% बढेर ४ करोड ७८ लाख ९३ हजार रुपैयाँ पुर्याएको छ । 
यो चौथौ त्रैमाससम्ममा संस्थाले २४ करोड ९४ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी ९४ करोड ८२ लाख २१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको खराब कर्जा १.०९% ले घटेर २.३३% मा झरेको छ । संस्थाको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८५ पैसाले बढेर १९ रुपैयाँ ३८ पैसा पुगेको छ । साथै प्रतिसेयर नेटवर्थ २३ रुपैयाँ १३ पैसाले बढेर १ सय ४८ रुपैयाँ ३९ पैसा पुगेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी