Skip to content
LAXMI SUNRISE BANK

मल्टिप्रपोज फाइनान्स उकालो लाग्न असफल, खुद नाफा ११.९१% गिरावट

अर्थ सरोकार

काठमाडौं – मल्टिप्रपोज फाइनान्सले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा ११.९१% ले घटेको छ । अघिल्लो वर्ष यहि अवधिमा १ करोड २ लाख ७६ हजार २२० रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत वर्ष घटेर ९० लाख ५२ हजार १५९ रुपैयाँमा सिमित रहेको छ। 
यस्तै, कम्पनीको खुद ब्याज आम्दानी पनि २.१७% ले घटेर १ करोड ५७ लाख ३० हजार ९५४ रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष कम्पनीको खुद ब्याज आम्दानी १ करोड ६० लाख ८१ हजार ३९० रुपैयाँ रहेको थियो । साथै, सञ्चालन नाफा ९० लाख ५२ हजार १५९ रुपैयाँमा सीमित रहेको छ । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेको कारणले गर्दा पनि खुद ब्याज आम्दानीमा गिरावट आएको देखिछ। 
यो चौथौ त्रैमाससम्ममा कम्पनीले २१ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन गरेर २१ करोड ९४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ४ करोड १४ लाख ७३ हजार ६ सय रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ९२ लाख ७७ हजार रुपैयाँ छ ।
यता, यसको खराब कर्जा ४.५१% रहेको छ । प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८३ पैसा रहको मल्टिप्रपोजको प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ४४ पैसा रहेको विवरणमा उल्लेख छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK