×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिलका अध्यक्षका लागि नमिठो संयोग, ७४औँ जन्मदिनकै दिन आयो ७४ बर्षको उमेरहदको सर्कुलर, गुम्यो अध्यक्षको पद !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नबिलका अध्यक्षका लागि नमिठो संयोग, ७४औँ जन्मदिनकै दिन आयो ७४ बर्षको उमेरहदको सर्कुलर, गुम्यो अध्यक्षको पद !

Artha Sarokar

२० श्रावण २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नबिल बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालको अध्यक्ष पद गुमेको छ । नेपाल राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै अवदेखि ७० बर्षभन्दा माथि रहेका बैंकका अध्यक्ष हुन नपाउने र भएकाको हकमा ७४ बर्ष काटेकाहरु पदमुक्त हुने गरी नियम ल्याएपछि आजैबाट नबिल बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्याल पनि पदमुक्त भएका हुन् । उनीसँगै एभेरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठ पनि  पदमुक्त हुने भएका छन् । सर्कुलर सर्कुलर जारी भएकै दिनबाट लागु हुने प्रावधान छ ।

अझ खास कुरा त के छ भने नबिल बैंकका अध्यक्षको जन्मदिन अर्थात ५ अगष्टकै दिन राष्ट्र बैंकको सर्कुलरमा बहालवाला अध्यक्षका लागि ७४ बर्षको हदम्याद आयो । नबिलका अध्यक्ष पौड्याल सर्कुलर आएकै दिनबाट ७४ पूरा भएर ७५ लागेका छन् । जन्मदिनकै दिन उनको अध्यक्ष पद गुमेको छ । अर्थ सरोकारलाई प्राप्त उनको सीभी हेर्ने हो भने उनी ५ अगष्ट १९९५मा काठमाडौँमा जन्मिएका थिए ।    

यता यो सर्कुलरले अवैध रुपमा प्राइम बैंकको सीइओ पदमा नियुक्त भएका नारायणदास मानन्धरलाई पनि मज्जाको दनक दिएको छ । उनी नेपाल राष्ट्र बैंकको नियम मिचेर प्राइम बैंकको सीइओ पदमा नियुक्त भएका थिए । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र संचालकलाई उमेर हद तोकेपछि उनको पद खुस्किएको छ । राष्ट्र बैंकले जारी गरेको सर्कुलरमा सीइओमा नियुक्त भइसकेकाले ६९ बर्षसम्म काम गर्न मिल्ने आशय छ । तर उनी ६९ कटिसकेका छन् । यसर्थ उनी आजैबाट पदमुक्त भएका छन् । 
सर्कुलर जारी गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संचालकको लागि ७० वर्षको उमेर हद तोकेको छ भने प्रमुख कार्यकारी अधिकृतको हकमा ६५ वर्षको उमेर हद तोकिएको छ । राष्ट्र बैंकको निर्देशिका कार्यान्वयनमा आएसँगै एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले तत्कालै पद छाड्नुपर्छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी