×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकको नयाँ सर्कुलरले नबिलका अध्यक्षको पनि पद खाइदियो, ७४ काटेका शम्भु अव बैंकको अध्यक्ष बन्न नपाउने !

PRIME CA

राष्ट्र बैंकको नयाँ सर्कुलरले नबिलका अध्यक्षको पनि पद खाइदियो, ७४ काटेका शम्भु अव बैंकको अध्यक्ष बन्न नपाउने !

अर्थ सरोकार

२० श्रावण २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नबिल बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालको अध्यक्ष पद गुमेको छ । नेपाल राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै अवदेखि ७० बर्षभन्दा माथि रहेका बैंकका अध्यक्ष हुन नपाउने र भएकाको हकमा ७४ बर्ष काटेकाहरु पदमुक्त हुने गरी नियम ल्याएपछि आजैबाट नबिल बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्याल पनि पदमुक्त भएका हुन् । उनीसँगै एभेरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठ पनि  पदमुक्त हुने भएका छन् । सर्कुलर सर्कुलर जारी भएकै दिनबाट लागु हुने प्रावधान छ ।
यता यो सर्कुलरले अवैध रुपमा प्राइम बैंकको सीइओ पदमा नियुक्त भएका नारायणदास मानन्धरलाई पनि मज्जाको दनक दिएको छ । उनी नेपाल राष्ट्र बैंकको नियम मिचेर प्राइम बैंकको सीइओ पदमा नियुक्त भएका थिए । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र संचालकलाई उमेर हद तोकेपछि उनको पद खुस्किएको छ । राष्ट्र बैंकले जारी गरेको सर्कुलरमा सीइओमा नियुक्त भइसकेकाले ६९ बर्षसम्म काम गर्न मिल्ने आशय छ । तर उनी ६९ कटिसकेका छन् । यसर्थ उनी आजैबाट पदमुक्त भएका छन् । 
सर्कुलर जारी गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संचालकको लागि ७० वर्षको उमेर हद तोकेको छ भने प्रमुख कार्यकारी अधिकृतको हकमा ६५ वर्षको उमेर हद तोकिएको छ । राष्ट्र बैंकको निर्देशिका कार्यान्वयनमा आएसँगै एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले तत्कालै पद छाड्नुपर्छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: