
काठमाडौँ । नबिल बैंक लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमाससम्म आइपुग्दा ४ अर्ब २९ करोड ४१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो नाफा अघिल्लो आर्थिक बर्षको नाफामा ७.८४ प्रतिशतको बढोत्तरी हो । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी १७.१५ प्रतिशतले बढेर ७ अर्ब ३३ करोड ६० लाख पुगेको छ ।
अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा खुद ब्याज आम्दानी ६ अर्ब २६ करोड २० लाख रहेको थियो । समिक्षा अवधिसम्ममा बैंकले १ खर्ब ६४ अर्ब ३७ करोड ६० लाख निक्षेप संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यो २१.९३ प्रतिशतको बढोत्तरी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ खर्ब ३४ अर्ब ८१ करोड छ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको कर्जा लगानी १८.५४ प्रतिशतले बढेर १ खर्ब २८ अर्ब २० करोड ४३ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब ९ अर्ब पाँच करोड ९३ लाख कर्जा लगानी गरेको थियो ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा खराब कर्जा ०.७४ प्रतिशत, बैंककोे मूल्य आम्दानी अनुपात १६.७९ गुणा, प्रतिशेयर नेटवर्थ दुई सय ५८ रुपैयाँ ०६ पैसा, प्रति शेयर आम्दानी ४७ रुपैयाँ ६५ पैसा, आधार ब्याजदर ८.०९ प्रतिशत, कोषको लागत ६.१३ प्रतिशत, पुँजी पर्याप्तता अनुपात १२.७१ प्रतिशत र सीसीडि ७२.९ प्रतिशत रहेको उल्लेख छ । हाल बैंकको चुक्ता पुँजी ९ अर्ब एक करोड १८ लाख रुपैयाँ रहेको छ । भने जगेडा कोष ९ अर्ब ३३ करोड २३ लाख रुपैयाँ रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्