Skip to content
LAXMI SUNRISE BANK

जगेडा कोषमा आकर्षक सुधार गर्दै नागबेली लघुवित्तले गर्यो खुद नाफा ४७.१८% ले वृद्धि !

अर्थ सरोकार

काठमाडौं – नागबेली लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा ३ करोड ५५ लाख २८ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको यहि अवधिको तुलनामा ४७.१८% ले बढेको हो । गत वर्ष संस्थाले खुद नाफा २ करोड ४१ लाख ३९ हजार रुपैयाँ मात्र कमाएको थियो। 
यो चौथौ त्रैमाससम्म संस्थाले जगेडा कोषमा पनि आकर्षक सुधार गरेको छ । संस्थाको जगेडा कोष १४८.०४% ले बढेर १२ करोड ७ लाख ३५ हजार रुपैयाँ पुगेको छ । संस्थाको चुक्ता पुँजी पनि ८४.२१%ले बढोत्तरी गरी १६ करोड ७६ लाख ७९ हजार रुपैयाँ पुर्याएको छ । 
यता संस्थाको खुद ब्याज आम्दानी र सञ्चालक नाफा पनि  बढेको छ । संस्थाको खुद ब्याज आम्दानी ५३.२२%ले बढेर ३ करोड ५५ लाख २८ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्ष ३ करोड १९ लाख ३ हजार रुपैयाँ रहेको सञ्चालक नाफा अहिले ५९.८०%ले बढेर ५ करोड ९ लाख ८३ हजार रुपैयाँ पुर्याएको छ।   
संस्थाको खराव कर्जा ०.२९%ले घटेर २.३६% पुर्याएको छ । संस्थाको प्रति सेयर आम्दानी २१ रुपैयाँ १९ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १७२ रुपैया रहेको छ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK