काठमाडौं – नेसनल हाइड्रोपावर कम्पनीको आर्थिक वर्ष २०७५/७६को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको अधिकांश सूचक सुधार हुँदै गएको छ । यो चौथौ त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा ५२४.७४% ले बढेर ९१ लाख ६५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले १४ लाख ६७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १६.३६% ले वृद्धि भएको छ । कम्पनीले विद्युत बिक्री गरेर ४ करोड ६३ लाख ६७ हजार रुपैयाँबाट बढाएर ५ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुर्याएको छ । यसको सेयर पुँजी १ अर्ब ३८ करोड ५९ लाख ११ हजार २०० रुपैयाँ छ ।
यता, जगेडा कोष ४० करोड ५२ लाख ९५ हजार रुपैयाँले ऋणात्मक छ । यता, नेसनलको प्रतिसेयर आम्दानीमा भने केहि सुधार आएको छ । कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ८ पैसाले बढेर ३ रुपैयाँ २२ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थमा ७० रुपैयाँ ७६ पैसा रहेको विवरणमा उल्लेख भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्