
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले १ अर्ब ६१ करोड ९५ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत वर्षको चौथो त्रैमासको तुलना बैंकको खुद नाफा ४१.५६% ले धेरै हो ।अघिल्लो वर्ष बैंकले १ अर्ब १४ करोड ४० लाख खुद नाफा कमाएको थियो ।
यस अवधिमा आइपुग्दा बैंकले ५९ अर्ब ८२ करोड निक्षेप संकलन गरी ५२ अर्ब ७२ करोड लागानी गरेको छ । बैंकको वितरण योग्य नाफा १ अर्ब ३ करोड ९७ लाख ५८ हजार रुपैयाँ रहेको छ । जसबाट बैंकले सेयरधनीलाई १२ प्रतिशतसम्म लाभांश बाड्न सक्ने देखिन्छ ।
यस्तै बैंकको खुद ब्याज आम्दानी ४७.८९% र सञ्चालन नाफा ४६.८९% ले बढेको विवरणमा उल्लेख छ । साथै बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ २ पैसा छ भने नेटवर्थ १५३ रुपैयाँ ९१ पैसा रहेको छ । बैंकको जगेडा कोषमा ४ अर्ब ३६ करोड रुपैयाँ जम्मा भएको छ । त्यसैगरी बैंकको आधार ब्याजदर १०.२ प्रतिशत, कोषको लागत ७.६ प्रतिशत, पुँजी पर्याप्तता अनुपात १३.७५ प्रतिशत र सीसीडि ७२.८८ प्रतिशत रहेको समेत विवरणमा उल्लेख छ ।
हाल यस बैंकको चुक्ता पूँजी ८ अर्व ८ करोड ८२ लाख रहेको छ भने कस्ट अफ फन्ड ०.३९% ले घटेकाले बैंकको खुद नाफा बढेको देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्