![](https://1.bp.blogspot.com/-BpQ70UdZeAU/XUEweSgbKJI/AAAAAAABPXg/9TGW74qkR_4KI0yDbuK1Gcbrueyc37IzwCLcBGAs/s640/Nepal-Bank.jpg)
यस्तै बैंकका दुई महत्वपूर्ण सूचक बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि घटेको छ । यी दुई सूचक क्रमश ३.२६% र ६.१९% ले ओरालो लागेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
यता बैंकको सञ्चित नाफामा भने आकर्षक सुधार भएको छ । गत वर्ष ४३ करोड ७१ लाख सञ्चित नोक्सानमा रहेको यो बैंक यस वर्ष ३ अर्ब सञ्चित नाफामा रहेको छ ।
चौथो त्रैमासमा आइपुग्दा बैंकले चुक्ता पुँजी २१.९८% ले बढेर ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ पुर्याएको छ । बैंकको चुक्ता पुँजीमा वृद्धि भएतापनि खुद नाफामा ओरालो लागेकाले बैंकको प्रतिसेयर आम्दानी घटेको देखिन्छ । यस्तै प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८३ पैसाले घटेर २७ रुपैयाँ १५ पैसा भएको नेपाल बैंकको प्रतिसेयर नेटवर्थ भने ३०० रुपैयाँ ५ पैसा रहेको छ ।