
काठमाडौं । काठमाडौंमा भदौं अन्तिम साता तेस्रो ‘नेपाल पूर्वाधार शिखर सम्मेलन’ आयोजना हुने भएको छ । नेपाल उद्योग परिसंघले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी भदौंको २५ र २६ गते काठमाडौंमा तेस्रो नेपाल शिखर सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु हुने सो सम्मेलनमा नेपालले पूर्वाधारको विकासको क्षेत्रमा सन् २०३० सम्मका लागि गर्नुपर्ने तयारीका विषयमा विस्तृत छलफल हुने परिसंघका अध्यक्ष सतिसकुमार मोरले जानकारी दिनुभयो ।
परिसंघले सम्मेलनमा भारत, बंगलादेश, दक्षिण कोरिया लगायतका देशहरुका प्रतिनिधिहरु सहभागी हुने पनि जनाएको छ । निर्माणको क्षेत्रमा कार्यरत स्वदेशी तथा विदेशी व्यवसायीहरुको समेत उपस्थिति हुने सो सम्मेलनले नेपालको पूर्वाधार विकासको क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने विश्वास गरिएको छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्