
काठमाडौं । नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थाका सञ्चालक र सीइओहरुको उमेर हद तोक्ने निर्णयबाट पछि हट्ने संकेत देखिएको छ । सोमबार जारी सर्कुलरमा भएको बैंकका सीईओ र सञ्चालकको उमेर हदका विषयलाई लिएर राष्ट्र बैंक विरुद्ध बैंक तथा वित्तीय संस्था गएपछि केन्द्रीय बैंक यस्तो निर्णयबाट पछि हट्ने संकेत देखिएको हो ।
यस्तै राष्ट्र बैंकले यस बिषयमा सञ्चालक समितिमा छलफल र प्रयाप्त गृहकार्य नगरी एक्कासी जारी गरेको परिपत्र कार्यान्वनमा लैजानै समस्या देखिने भएपछी केन्द्रीय बैंक स्वयम लचक भएको हो । यता राष्ट्र बैंकको स्रोतको अनुसार ‘राष्ट्र बैंकले जारी गरेको परिपत्रले बैंकिङ क्षेत्रनै समस्या परेको देखिएपछि यसलाई हामी करेक्सन गर्छौ ।’ उक्त परिपत्र अव्यवहारिक छ भन्नेमा गभर्नरसाबको समेत सहमत रहेको स्रोतको भनाई छ ।
यस्तै हाल धेरै बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्वीजिशन प्रक्रियामा रहेकाले विद्यमान सीईओ र सञ्चालक पदमुक्त हुँदा मर्जर प्रक्रिया नै भाँडिनसक्ने तथा रिक्त पदमा छोटो समयमा नै पदपूर्ति सम्भव नहुने अवस्थालाई मध्यनजर गर्दै राष्ट्र बैंक आफ्नो निर्देशनमा लचक हुने संकेत देखिएको हो ।
राष्ट्र बैंकले साउन २० गते सोमबार एक सर्कुलर जारी गर्दै ७० वर्ष पुगेका व्यक्ति सञ्चालक बन्न नपाउने र बहालवाला सञ्चालकको हकमा ७४ वर्षको उमेरसम्म काम गर्न पाउने व्यबस्था थियो । यस्तै ६५ वर्ष उमेर पुगेको व्यक्ति प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा नियुक्त हुन नपाउने तथा निर्देशिका लागू हुनुअघि नियुक्त भएकाको हकमा ६९ वर्ष उमेर नाघेका व्यक्ति सो पदमा बहाल रहन नसक्ने व्यवस्था गरेको थियो ।
यता राष्ट्र बैंकको सर्कुलर असहमति जनाउदै प्राइम बैंकका प्रमुख कार्यकारी निर्देशक नारायणदास मानन्धर सर्बोच्च अदालत रिट दायर गरेका छन् भने अन्य केही बैंकका सञ्चालकहरु पनि अदालत जाने तयारी गरिरहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्