×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्रावण अन्तिम साता ‘नेपाल युवा उद्यमशीलता सम्मेलन’ आयोजना, ५ सयबढी युवा उद्यमीहरु सहभागी हुने ! (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

श्रावण अन्तिम साता ‘नेपाल युवा उद्यमशीलता सम्मेलन’ आयोजना, ५ सयबढी युवा उद्यमीहरु सहभागी हुने ! (भिडियो रिपोर्ट)

२० श्रावण २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । यही श्रावण २७ र २८ गते काठमाडौंमा ‘नेपाल युवा उद्यमशीलता सम्मेलन’ आयोजना हुने भएको छ । अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र राष्ट्रिय युवा परिषदको आयोजनामा सो सम्मेलन आयोजना गर्न लागिएको हो । युवाहरुलाई उद्यमशील बनाउने मूल उद्देश्यका साथ सो सम्मेलन आयोजना हुने प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले जानकारी दिनु भयो । उहाँले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी युवाहरुलाई उद्यमी बन्नका लागि दिशा निर्देश गर्न सो सम्मेलन सफल हुने विश्वास पनि व्यक्त गर्नु भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु हुने सो सम्मेलनमा छनौटमा परेका ५ सय भन्दा बढि युवा उद्यमीहरु सहभागी हुनेछन्। 
सम्मेलनमा उद्यमी बन्नका लागि आवश्यक ज्ञान, सीप, दक्षता र लगानीको विषयमा विस्तृत छलफल हुनेछ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले समापन गर्नु हुने सो सम्मेलनमा ‘युवा उद्यमशीलताका सम्भावना, अवसर र चुनौतिहरु’ विषयक अन्तरक्रिया पनि हुनेछ । अन्तरक्रिया कार्यक्रममा निजी क्षेत्रका सफल व्यवसायीहरुले पनि आफ्ना सफलताका कथाहरु प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको पनि प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातारण मन्त्री नेपालले बताउनुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: