काठमाडौँ – नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । नेपाल सेनाले खुलातर्फ १३१, समावेशीतर्फ महिलाका लागि २२, आदिवासी जनजातिका लागि २६, मधेसीका लागि ३१, दलितका लागि १७, पिछडिएको क्षेत्रका लागि ६ जना र सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दागर्दै कुनै शारीरिक चोटपटक लागि सोही कारणबाट शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीका लागि ७ जना गरी जम्मा २५० जना अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको हो।
सार्वजनिक भएको सूचना अनुसार दरखास्त दिनका लागि उम्मेदवारले कम्तीमा प्रमाणपत्र तह वा सो सरह/स्नातक तह वा सो सहर उत्तीर्ण गरेको हुनुपर्नेछ । साथै योग्यता पुगेका उम्मेदवार १८ वर्ष पुगेका र २१ ननाघेका आवेदकले असोज दुई गतेसम्ममा दरखास्त दिन सकिने सूचना मार्फत जनाएको छ। तर दोब्बर दस्तुर तिरेर असोज ९ गतेसम्म पनि दरखास्त दिन सकिने छ ।
इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले काठमाडौँस्थित भर्ना छनोट निर्देशनालय, इटहरी ब्यारेक सुनसरी, धारापनी ब्यारेक धनुष, सुपारेटा ब्यारेक हेटौडा, विजयपुर ब्यारेक पोखरा, योगीकुटी ब्यारेक रपन्देही, निमारे ब्यारेक सुर्खेत, राजपुर ब्यारेक दिपायलबाट आवेदन दिन सक्ने व्यवस्था गरेको छ । साथै अनलाईन मार्फत पनि आवेदकले आवेदन फारम भर्न सक्ने व्यवस्था गरेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्