काठमाडौं – नेरुडे लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७५/७६को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अवधिसम्ममा संस्थाले खुद नाफा १२ करोड ६८ लाख ५० हजार रुपैयाँ कमाउन सफल भएको विवरण सार्वजनिक गरेको छ । गत वर्ष संस्थाले खुद नाफा ५ करोड ६४ लाख १५ हजार रुपैयाँ मात्र कमाएको थियो। यस अनुसार संस्थाको खुद नाफा गत वर्षको तुलनामा १२४.८५%ले वृद्धि भएको छ ।
यस्तै, संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ३५.७१% र १२४.८४% ले बढेको छ। संस्थाको खुद ब्याज आम्दानी ३९ करोड १५ लाख ७२ हजार रुपैयाँ आर्जन गरेको छ। साथै, सञ्चालन नाफा ८ करोड ८६ लाख ५२ लाख रुपैयाँबाट बढेर १९ करोड ९३ लाख ३७ हजार रुपैयाँ पुर्याएको छ ।
यो चौथौ त्रैमाससम्म आउँदा संस्थाले १ अर्व ९४ करोड ९७ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरी ५ अर्व ३ करोड ९४ लाख ४२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । चुक्ता पुँजी ३९ करोड ७६ लाख ४७ हजार रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा ४७ करोड ३९ लाख ७१ हजार रुपैयाँ जम्मा भएको छ ।
यता, संस्थाको खराव कर्जामा १.५१% रहेको छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ५८ पैसाले बढेर ३१ रुपैयाँ ९० पैसा पुगेको छ। गत वर्ष संस्थाको प्रति सेयर आम्दानी १६ रुपैयाँ ३२ पैसा रहेको थियो। संस्थाको प्रति सेयर नेटवर्थ २१९ रुपैयाँ १९ पैसा रहेको विवरणमा उल्लेख छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्