
काठमाडौँ । आफुलाई निजी क्षेत्रको सबैभन्दा अब्बल दावी गर्ने एनआइसी एशिया बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ । बैकले सार्वजनिक गरेको गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तीय विवरणअनुसार बैंकको नाफा १२९ प्रतिशतले बढेर ३ अर्ब ५ करोड पुगेको छ । अघिल्लो आर्थिक बर्षको यस अवधिमा बैंकले १ अर्ब ३३ करोड खुद नाफा कमाएको थियो । सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य नाफा २ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।
बैंककाका अधिकांश सूचकमा उत्साहजनक प्रगति देखिएको छ । कुल आम्दानी ७७ प्रतिशतले बढाएर ९ अर्ब ५१ करोड पुर्याएको छ भने मुख्य आम्दानीको रुपमा लिईने खुद ब्याज आम्दानी ६५ प्रतिशतले बढाएर ६ अर्ब ६९ करोड आर्जन गरेको छ । बैंकको संचालन मुनाफा १३९ प्रतिशतले बढेर ४ अर्ब ५८ करोड पुगेको छ।
यस अवधिमा बैंकले खर्ब ८० अर्ब ५८ करोड निक्षेप संकलन गरेको छ भने कर्जा लगानी गरेको छ। यसअवधिमा बैंकको वासलातको आकार २ खर्ब १७ अर्ब ७० करोडको पुगेको छ।
यसअवधिमा बैंकको चुक्तापुंजी ८ अर्ब ८३ करोड छ भने जगेडा कोषमा ३ अर्ब ८८ करोड छ। त्यस्तै प्रति सेयर आम्दानी १०८ प्रतिशतले बढेर ३४ रुपैयाँ ५६ पैसा पुगेको छ। हाल बैंकले २९५ शाखा कार्यालयहरु, ३३८ एटिएम, ५७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् आफ्ना १८ लाख भन्दा बढी ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्