
काठमाडौं । संचारकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौँले लिन अस्वीकार गरेको छ ।
चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध उजुरी दर्ता गराउन महानगरीय प्रहरी परिसर पुगेकी पौडेललाई प्रहरीले आफ्नो क्षेत्राधिकार बाहिर भएको भन्दै फर्काएको छ ।
प्रहरीले जाहेरी लिन नमानेपछि पौडेलले हुलाकमार्फत जाहेरी पठाउने तयारी गरीरहेकी छिन् । चितवन प्रमुख प्रहरीसहित ३ जनाविरुद्ध उजुरी दर्ता गराउन प्रहरी परिसर काठमाडौँ पुगेकी थिइन् भने उनीहरुले सरकारी विद्युतीय अभिलेख किर्ते गरेको समेत पौडेलको आरोप छ ।
उता संचारकर्मी पुडासैनीको मृत्यु प्रकरणमा लामिछानेसहित तीन जनाविरुद्ध चितवन प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गरिरहेको छ। पुडासैनीले साउन २० गते भरतपुरस्थित एक होटलमा आत्महत्या गरेका थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्