काठमाडौं – एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकको मर्जरमा लफडा भएको छ । यी दुई बैंकको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेपनि कर्मचारी समायोजन लगायतका कुरामा यस्तो भएको हो । ओमका सीईओ विश्वमोहन अधिकारीले पनि एनएमबिमा स्थान पाएका छैनन् ।
हाल ओममा ४ सय भन्दा बढी कर्मचारी कार्यरत थिए । जसमा झन्डै ६ दर्जन कर्मचारीसहित सीइओ, म्यासेञ्जर, ड्राइभर र अन्य सपोर्टिङ्ग स्टाफलाई एनएमबिले बिदा गर्ने भएको हो । समायोजन भएकामध्ये पनि एनएमबिमा एक तह तल्लो पदको जिम्मेवारी दिईएको छ ।
ओमको डेपुटी सीईओ बुद्धि मल्ललाई एनएमबि हालका लागि चिफ म्यानेजरको पदको जिम्मेवारी दिने भएको छ भने केहि महिनापछि एसिस्टेन्ट जेनेरल म्यानेजर (एजीएम) दिने बताइएको छ । यता सोहि बैंकका अन्य व्यक्तिहरुले मल्ललाई अहिले नै एजिएम दिनुपर्ने अडान राख्दै आएका छन् । २ दर्शक भन्दा बढी बैंकिङ्ग क्षेत्रको अनुभव बटुका कारणले उललाई उक्त पदको जिम्मेवारी अहिले दिनुपर्ने अडान राख्दै आएका हुन् ।
गत जेठ २ गते यी दुई बैंकबीच मर्जरमा जाने सैद्दान्तिक सहमति हुनुका साथै मर्जरसम्बन्धी सम्झौतापत्रमा एनएमबिका तर्फबाट सञ्चालक प्रदिपराज पाण्डे र ओमका तर्फबाट सञ्चालक योगेन्द्रलाल प्रधानले हस्ताक्षर गरे का थिए । ओममा १०० कित्ता सेयर भएका सेयरधनीले मर्जपछि एनएमबिको ७६ कित्ता मात्र सेयर पाउने छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्