×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकको खुद नाफा २४.६१% ले वृद्धि, अन्य सूचक पनि उत्साहजनक, लाभांश दिनसक्ने क्षमता कति ?

PRIME CA
GLOBAL IME BANK

एनएमबि बैंकको खुद नाफा २४.६१% ले वृद्धि, अन्य सूचक पनि उत्साहजनक, लाभांश दिनसक्ने क्षमता कति ?

३० श्रावण २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – एनएमबि बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  बैंकले यस अवधिसम्म पुग्दा खुद नाफा २४.६१% ले वृद्धि गरी २ अर्ब ३१ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ ।बैंकले अघिल्लो वर्ष १ अर्ब ८५ करोड ३७ लाख खुद नाफा आर्जन गरेको थियो । 
चौथो त्रैमासमा पुग्दा बैंकले निक्षेप संकलन र कर्जा लगानी क्रमशः १६.५८% र २१.७०% ले बढेको छ भने  बैंकको खुद ब्याज आम्दनी ४६.९१% बढेर ४ अर्ब २६ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।
यता बैंकको कस्ट अफ फन्ड ०.२०% ले घटेकाले खुद नाफामा वृद्धि भएको देखिएको छ । संचालन नाफा पनि २८.०२% ले बढेर ३ अर्ब २७ करोड ८७ लाख रुपैयाँ पुगेको छ भने प्रतिसेयर आम्दानी २४ रुपैयाँ ९ पैसा र प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ४९ पैसा रहेको छ ।
यस्तै बैंकको वितरणयोग्य नाफा १ अर्ब २७ करोड ४७ लाख रुपैयाँ छ । जसबाट बैंकले सेयरधनीहरुलाई १३ प्रतिशतसम्म लाभांश दिनसक्ने क्षमता रहेको छ । हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ६१ करोड ८१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ५३ करोड १८ लाख रुपैयाँ रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: