काठमाडौं – नेपाल राष्ट्र बैंकले ४ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न सोमबार बोलकबोल गर्ने भएको छ । बैंकले ९१ दिन र एक वर्ष अवधिका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने ट्रेजरी बिलका लागि सोमबार अपराह्न ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनका लागि २ अर्ब २३ करोड रुपैयाँको बिल जारी गर्न लागेको हो । यो ट्रेजरी बिल २०७६ साल मंसिर १० गते परिपक्व हुनेछ ।
त्यस्तै, १ वर्ष अवधिका लागि जारी हुने २ अर्ब रुपैयाँको ट्रेजरी बिल २०७७ भदौ ९ गते परिपक्क हुनेछ । यसअघि भदौ २ गते केन्द्रीय बैंकले २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्