×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंक ताकेर बसेका रत्नराज बज्राचार्यको बैंकिङ करियरमा पूर्णबिराम ! अव सीइओ बन्न नपाउने !

PRIME CA

नेपाल बैंक ताकेर बसेका रत्नराज बज्राचार्यको बैंकिङ करियरमा पूर्णबिराम ! अव सीइओ बन्न नपाउने !

अर्थ सरोकार

२० श्रावण २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । केहि समय अगाडीमात्रै सनराइज बैंक छोडेका रत्नराज बज्राचार्यको सीइओको रुपमा बैंकिङ करियरमा पूर्णबिराम लागेको छ । नेपाल राष्ट्र बैंकले सीइओका लागि उमेर हद तोकेसंगै उनको बैंकिङ करियरमा पूर्णबिराम लागेको हो । नेपाल राष्ट्र बैंकले जारी गरेको सर्कुलरमा सीइओमा नियुक्त भइसकेकाले ६९ बर्षसम्म काम गर्न मिल्ने उल्लेख छ भने ६५ बर्ष नाघेकाहरु सीइओमा नियुक्त हुन वा पुन: नियुक्त हुन पाउने छैनन् । उनी ६५ बर्ष कटिसकेका छन् ।
उनी नेपाल बैंकको सीइओ हुने दौडमा थिए । सर्कुलर जारी गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संचालकको लागि ७० वर्षको उमेर हद तोकेको छ भने प्रमुख कार्यकारी अधिकृतको हकमा ६५ वर्षको उमेर हद तोकिएको छ । राष्ट्र बैंकको निर्देशिका कार्यान्वयनमा आएसँगै एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठ र प्राइम बैंकका सीइओ नारायणदास मानन्धरले अव तत्कालै पद छाड्नुपर्छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: