
काठमाडौँ । नेपाल पूँजीबजार लगानीकर्ता संघले आफ्नो दोश्रो बार्षिकउत्सव तथा ‘सेयर बजारमा अवसर र चुनौती र नियामक निकायको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । स्काई जोन एण्ड पार्टी प्यालेस, धुम्बाराहीमा आयोजना भएको उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल पूर्वअर्थमन्त्री डा. रामशरण महत, पूर्वअर्थमन्त्री शंकर कोइराला, नेपाल राष्ट्र वैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी, ज्योति बिकास बैंकका सीइओ मनोज ज्ञवाली, धितोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीलगायतको उपस्थिति रहेको थियो ।
कार्संयक्घरममा संघका प्रदेश संयोजक, सह संयोजक तथा जिल्ला संयोजक, सहसंयोजकहरुको पनि उपस्थिति थियो । कार्यक्रममा उपस्थित अथितिहरुले सेयर बजारसम्बन्धि समसामयिक विषयमा आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रममा संघकि अध्यक्ष राधा पोखरेलले संघको प्रगति विवरण र आगामी योजनाबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् भने उपस्थित अथितिहरुले आ-आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सरकार पूँजी बजारको विपक्षमा नभएको बताएका थिए । ‘बजार विकासको लागि भनेर प्रधानमन्त्रीले मसँग कुरा गर्नु भएको छ, उहाँ बजारको विकासको पक्षमा नै हुनुहुन्छ, कम्युनिस्ट सरकार आएपछि बजार घट्छ भन्ने हल्ला चलेपनि त्यो निराधार हल्ला हो, हल्लाको पछि नलाग्नु ।’ उनले भने । साथै उनले सेयर बजारमा असर पर्ने कुनै पनि शब्द नबोल्न आग्रह गरेका छन् ।
यस्तै कार्यक्रममा पुर्व अर्थमन्त्री डा रामशरण महतले लगानीको लागि पूँजी निर्माण गर्ने आधार सेयर बजार भएकाले बजारको विकासमा सबै लाग्नुपर्ने बताएका छन् भने नेपाल राष्ट बैकका डेपुटि गभर्नर चिन्तामणि शिवाकोटीले नेपालको सेयर बजार स्थायित्व तर्फ गएको दावी गरेका छन् । कार्यक्रममा पूर्व अर्थमन्त्री शंकर कोइरालाले सरकारले बजारलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको स्पष्ट पारेका छन् ।


























Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्