
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी क्षेत्रको गुरुयोजना निर्माणको काम छिटो सम्पन्न गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिनु भएको छ । प्रधानमन्त्री ओलीले बुद्धको जन्मस्थल लुम्विनीसँग सम्बन्धित रामग्राम, कपिलबस्तु आदि क्षेत्रको सर्वाङगिन विकास हुने गरी नयाँ मोडल तयार पार्न पनि लुम्विनी विकास कोषलाई निर्देशन दिनुभयो । शुक्रबार काठमाडौंमा आयोजित लुम्बिनी विकास बोर्डको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले अघि सार्नु भएको लुम्विनी गुरुयोजना छिटो सक्न निर्देशन दिनु भएको कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले जानकारी दिनुभयो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले बुद्धसँग सम्बन्धित क्षेत्रमा बौद्ध परिपथ निर्माण गर्ने कामको पनि तयारी गर्न लुम्विनी विकास कोषलाई सचेत गराउनु भएको थियो ।
कोषका संरक्षक समेत रहनु भएका प्रधानमन्त्री ओलीलाई कोषले लुम्विनी गुरुयोजनाको हालसम्मको कामका विवरण तथा नेपाल भ्रमण वर्ष– २०२० लाई ध्यानमा राखेर आयोजना गर्न लागिएको बुद्ध जयन्ति र बौद्ध सम्मेलनको तयारीका बारे पनि ब्रिफिङ गरेको थियो । प्रधानमन्त्री निबास बालुवाटारमा भएको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री एवम् कोषका अध्यक्ष योगेशकुमार भट्टराई तथा कोषका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्