
काठमाडौं । नेपाल राष्ट्र बैंकको धज्जी उडाउँदै प्राइम कमर्सियल बैंकले प्रमुख कार्यकारी अधिकृत (सिइओ)पदमा पुन : नारायणदास मानन्धरलाई नियुक्त गरेको छ । १२ बर्षअघि देखि बैंकमा सीइओका रुपमा रहेका उनलाई बैंकले पुन: एक कार्यकाल अर्थात ४ बर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको छ । उनी थप ४ बर्षका लागि सीइओ पदमा नियुक्त भएका हुन् । आर्थिक बर्ष २०७१/७२ मा सीइओ तथा सञ्चालकको कार्यकाल दुई पटकभन्दा बढि हुन नहुने ब्यवस्था राष्ट्र बैंकले गरेको थियो । बाफियामा भने संचालकको कार्यकाल हटाएर सीइओको कार्यकालमात्र तोकिएको थियो । आर्थिक बर्ष २०७१/७२ मा उक्त नीति आउँदा तत्कालीन अवस्थालाई एक कार्यकाल मान्ने ब्यवस्था गरिएको थियो । यसरी हिसाव गर्दा पनि २०७६ भदौमा उनको दुई कार्यकाल पूरा भएको छ । तर उनलाई नियमको बर्खीलाप गर्दै पुन: अर्को कार्यकालका लागि नियुक्ति गरिएको छ ।
‘राष्ट्र बैंकमा जानकारी आएपछि रोक्छौं’ : राष्ट्र बैंकका अधिकारी
यता राष्ट्र बैंकका उच्च अधिकारीले भने उनी सीइओमा नियुक्त भएको कुरा मिडियामार्फत थाहा पाएको भन्दै राष्ट्र बैंकमा उक्त तथ्यको औपचारिक जानकारी आउने बित्तिकै हस्तक्षेप गर्ने स्पष्ट पारेका छन् । ‘सिटिजन्स बैंकमा नियम लागु हुने, सिद्धार्थ बैंकलाइ लागु हुने अनि प्राइम बैंकलाइ नियम लागु नहुने भन्ने हुँदैन । हामी पक्कै हस्तक्षेप गर्छौं ।’ ती अधिकारीले अर्थ सरोकार डटकमसँग भने, ‘दुइ कार्यकालभन्दा बढी उही व्यक्ति सीइओ नियुक्ति हुनु भनेको प्राइममा केहि गम्भीर ‘इस्यू’ छन् र त्यसलाई मिलाउन खोजिएको छ भन्ने बुझिन्छ । यो राष्ट्र बैंकमाथिको चुनौती हो । उनी कुनै पनि हालतमा अर्को कार्यकालको सीइओ हुन सक्दैनन् ।’
‘राष्ट्र बैंकका अधिकारीलाई भेटी चढाएपछि कुरा मिल्यो’ : प्राइम बैंकका संचालक
यता प्राइम बैंकका एक संचालकले भने राष्ट्र बैंकका एक अधिकारीलाई ‘भेटी’ चढाएपछि कुरा मिलेको दावी गरेका छन् । ‘नियुक्तिको विषयमा संचालक समितिमा पनि कुरा नउठेको होइन । तर राष्ट्र बैंकमा ‘भेटी’ चढाएर कुरा मिलाउने भनेपछि कसले बोल्नु ?’ ती संचालकले भने । ‘ खासमा नियुक्तिपछाडीको कारण भने केहि बिग्रिएका फाइल हुन् । यिनै बिग्रिएका केहि ठुला फाइलका कारण ओमसंगको मर्जरसमेत भाँडिएको थियो ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्