×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्राइम लाइफ इन्स्योरेन्सले गर्यो प्रगति, खुद नाफा ४४.७०% ले वृद्धि गरेर कमायो ३१ करोड ३० लाख ९७ हजार रुपैयाँ !

काठमाडौं – प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले खुद नाफा ४४.७०% वृद्धि गरी ३१ करोड ३० लाख ९७ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष कम्पनीले २१ करोड ६३ लाख ६७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
यस्तै, कम्पनीले जीवन बिमा कोष पनि ३६.१६% ले बढाएर ८ अर्ब ९० करोड ५१ लख ४६ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष जीवन बिमा कोषमा ६ अर्ब ५३ करोड ९८ लाख ९१ हजार रुपैयाँ रहेको थियो । साथै,गत वर्ष २ अर्ब २१ करोड २४ लाख ४० हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको कम्पनीले यस वर्ष २९.६०% ले वृद्धि गरेर २ अर्ब ८६ करोड ७४ लाख ३ हजार रुपैयाँ पुर्याउन सफल भएको छ ।
यो चौथौ त्रैमासमा कम्पनीले महाविपत्ति कोषको लागि १२ करोड ३५ लाख ७१ हजार रुपैयाँ छुट्याएको छ । कम्पनीले कुल ५० करोड ७० लाख ९ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम भने कुल ८० लाख ४४ हजार रुपैयाँ रहेको छ । कम्पनीले ३९ करोड ६८ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । 
चुक्ता पुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ रहेको प्राइमको जगेडा कोषमा भने १ अर्ब २४ करोड ५४ लाख ४६ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ ५४ पैसा रहेको प्राइमको प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ ७० पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: