काठमाडौँ । सञ्चारकर्मी रवि लामिछानेले किस्ता नतिरेपछि अमेरिकाको घर खाली गर्नुपर्ने पुर्जी जारी भएको छ । उनलाई घर किनबेच गर्ने कम्पनीले पुर्जी जारी गरेको हो । उनले तिर्नुपर्ने किस्ता नतिरेको भन्दै घर खाली गर्न जुन १० मा पुर्जी जारी भएको हो ।
यता चितवन जिल्ला अदालतले न्युज २४ टेलिभिजनका संचारकर्मी रवि लामिछाने लगायत ३ जनालाई लाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । पत्रकार शालिकराम पुडासैनीलाइ आत्महत्या गर्न दुरुत्साहन गरेको बिषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार रवि लामिछाने, युवराज कंडेल तथा अस्मिता कार्कीलाई काठमाडौबाट पक्राउ गरि चितवन लागेको थियो ।