×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पत्रकार रवि लामिछाने पक्राउ, ‘सिधा कुरा जनतासँग’ कार्यक्रम अवरुद्ध

PRIME CA

पत्रकार रवि लामिछाने पक्राउ, ‘सिधा कुरा जनतासँग’ कार्यक्रम अवरुद्ध

३० श्रावण २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडाैं । पत्रकार रवि लामिछाने पक्राउ परेका छन् । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले चितवनमा आत्महत्या गरेको प्रकरणमा प्रहरीले उनलाई पक्राउ गरेको हो । 
प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछानेसँगै युवराज कँडेललाई पनि पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले लामिछानेलाई नियन्त्रणमा लिएको डिआइजी शैलेश थापाले पुष्टि गरे। । उनलाई अनुसन्धानका लागि काठमाडौंबाट चितवन लगिँदै छ।
उनी पक्राउ परेपछि सिधा कुरा जनतासँग कार्यक्रम अवरुद्ध भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: