×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रवि लामिछानेको पक्षमा उर्लियो जनसागर, प्रहरी प्रमुखले गरे यस्तो खुलासा ! (भिडियो रिपोर्ट)

GLOBAL IME BANK

रवि लामिछानेको पक्षमा उर्लियो जनसागर, प्रहरी प्रमुखले गरे यस्तो खुलासा ! (भिडियो रिपोर्ट)

३१ श्रावण २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । चितवन जिल्ला अदालतले न्युज २४ टेलिभिजनका संचारकर्मी रवि लामिछाने लगायत ३ जनालाई लाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । पत्रकार शालिकराम पुडासैनीलाइ आत्महत्या गर्न दुरुत्साहन गरेको बिषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार रवि लामिछाने, युवराज कंडेल तथा अस्मिता कार्कीलाई काठमाडौबाट पक्राउ गरि चितवन लागेको थियो । 
शुक्रबार अदालत हाजिर गराइएका तिनै जनालाई जिल्ला अदालत चितवनका न्यायाधिश बिनोद कुमार गौतमको एकल इजलाशले ५ दिन थुनामा राखी अनुशन्धान कार्य अगाडी बढाउन अनुमति दिएको हो । रवि सँगै युवराज कंडेल र अस्मिता कार्कीलाई समेत अनुसन्धानको लागि विहिबारबाटै लागुहुने गरि पाँच दिनको म्याद पाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दान बहादुर मल्लले जानकारी दिए ।
जिल्ला अदालतमा प्रहरीको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता यदुनाथ शर्माले बहश गर्नु भएको थियो भने रवि लगायतको पक्षबाट अधिवक्ता सुनिल कुमार पोखरेल सहितले बहश गरेका थिए । अदालतमा बहस चलिरहदा बाहिर रविको समर्थकहरुले रवि निर्दोष रहेको र उनलाई फसाउन लागेको भन्दै नारावाजी गदै रविलाई रिहा गर्न माग गरेका थिए । सर्मथकहरुले जिल्ला प्रहरी कार्यालयको मुल गेट अगाडी जम्मा भएर नाराबाजी गर्न थाले पछी प्रहरीले पछाडीको बाटो प्रयोग गर्दै रवि सहित तिनैजनलाई सरकारी वकिलको कार्यालय र अदालत लगेको थियो । 
त्यस्तै अदालतमा जिल्ला प्रहरी कार्यालय ल्याउन पनि प्रहरीले समर्थकहरुको आखाँ छल्दै भित्रीबाटो प्रयोग गर्नु परेको थियो । सर्मथकहरु दिनभर जसो जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालतको मुल गेट अगाडी नारावाजी गर्दै बसेका थिए । मृतक पुडासैनीले रेकर्ड गरेको भिडियोमा रवि लामिछाने , युवराज कंडेल र अस्मिता कार्कीलाई आफ्नो मृत्युको दोषी बताएका छन् । प्रहरीले तिनैजनालाई विहिबार काठमाडौँबाट नियन्त्रणमा लिएर चितवन ल्याएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: