×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पत्रकार आत्महत्या प्रकरण : रवि लामिछानेसहित ३ जनालाई पक्राउ गरी अनुसन्धान गर्ने प्रहरीको तयारी ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पत्रकार आत्महत्या प्रकरण : रवि लामिछानेसहित ३ जनालाई पक्राउ गरी अनुसन्धान गर्ने प्रहरीको तयारी ?

Artha Sarokar

२९ श्रावण २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियो सार्वजनिक भएसँगै यो प्रकरणले अहिले बजार तातेको छ । सार्वजनिक भएको भिडियोमा पुडासैनीले न्युज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालक रवि लामिछाने लगायत अन्य ३ जनाका कारण आफु आत्महत्या गर्न बाध्य भएको बताएका छन् । 
यता प्रहरीले भने ३ जनालाई पक्राउ गरी अनुसन्धान गर्न लागिएको बुझिएको छ। चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लका अनुसार सार्वजनिक भएको भिडियोबारे घटना भएदेखि नै अनुसन्धान भइरहेका छौं । ‘हामी किटानी जाहेरी कुरीरहेका छौँ । अब पीडित परिवारले किटानी दिए नाम लिएका माथि पक्राउ गरेर अनुसन्धान हुन्छ ।’ मल्लले भने । 
 भिडियो सार्वजनिक भएसँगै रवि लामिछाने, दीपक बोहोरा, युवराज र नर्स अस्मिता कार्कीमाथि प्रहरीले अनुसन्धान गर्ने जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी