
काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुखसहित ३ जनाविरुद्ध उजुरी दिएकी छन् । निकिताले महानगरीय प्रहरी परिसर काठमाडौंमार्फत उजुरी दिएकी हुन् ।
निकिताले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा बुधबार जाहेरी दिएकी हुन् ।
निकिताले दायर गरेको उजुरीमा विपक्षी तीनै जनामाथि विद्युतीय प्रमाण किर्ते गरेको अभियोगमा छानबिन गरी कारबाही गर्न माग गरिएको परिसर स्रोतले जानकारी दिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीका अनुसार निकिता पौडेल उजुरी दर्ता गर्न आएको पुष्टि गरे ।
उता संचारकर्मी पुडासैनीको मृत्यु प्रकरणमा लामिछानेसहित तीन जनाविरुद्ध चितवन प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गरिरहेको छ। पुडासैनीले साउन २० गते भरतपुरस्थित एक होटलमा आत्महत्या गरेका थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्