×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ५ अर्ब नाघ्यो, अन्य वित्तीय सूचकहरुमा पनि आकर्षक प्रगति !

LAXMI SUNRISE BANK

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ५ अर्ब नाघ्यो, अन्य वित्तीय सूचकहरुमा पनि आकर्षक प्रगति !

३० श्रावण २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ । यस अवधिमा बैंकले खुद नाफा ४५.६१% वृद्धि गरी ५ अर्ब ३२ करोड ८३ लाख रुपैयाँ कमाउन सफल भएको छ । बैंकले अघिल्लो वर्ष ३ अर्ब ६५ करोड ९२ लाख खुद नाफा कमाएको थियो ।
बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ६१ करोड ७३ लाख रुपैयाँ रहेको छ भने १ खर्ब ९० अर्ब ३ करोड १४ लाख निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब ४५ करोड ४६ लाख रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ । यस्तै बैंकले खुद ब्याज आम्दनी पनि १२.२४% बढाएर १० अर्ब २२ करोड ९५ लाख पुर्याएको विवरणमा उल्लेख छ । 
यस्तै बैंकको आधार ब्याजदर ५.५० प्रतिशत, कोषको लागत ३.५२ प्रतिशत, पुँजी पर्याप्तता अनुपात १३.२० प्रतिशत, स्प्रेड रेट ४.४६ प्रतिशत र सीसीडि ७२.७८ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ५९ रुपैयाँ १९ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी