×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फास्ट ट्रयाक, बुढी गण्डकी आयोजना र नीजगढ अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको चासो (भिडियो)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

फास्ट ट्रयाक, बुढी गण्डकी आयोजना र नीजगढ अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको चासो (भिडियो)

Artha Sarokar

२१ श्रावण २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आफ्ना निर्देशनहरु सरकारले पालना नगरेकोप्रति असन्तुष्ठी जनाएको छ । फास्ट ट्रयाक, बुढी गण्डकी आयोजना र नीजगढ अन्तराष्ट्रिय विमानस्थलमा स्थानीयका समस्या छिटो समाधान गर्न दिएको निर्देशन अहिले सम्म कार्यान्वयन नभएकोमा समितिले असन्तुष्ठी जनाएको हो । समितिले सर्वसाधरणको प्रत्यक्ष सरोकारको विषय भएकाले सक्दो छिटो समाधान गर्न निर्देशन गरेपनि सम्बन्धीत मन्त्रालयले समितिको निर्देशनको कार्यान्वयन गरेका छैनन् । आफ्नो बार्षिक प्रतिवेदन तयार पार्न जुटेको समितिले निर्देशन कार्यान्वयन हुन नसकेका विषयलाई प्राथमिकतामा राख्दै त्यसतर्फ सरकारलाई थप जिम्मेवार बनाउन प्रयास गर्ने भएको छ ।
बार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरिरहेको समितिले सदस्यहरुको सुझाव सहित एक साता भित्र अन्तिम टुंगो लगाएर राष्ट्रियसभामा पेश गर्ने तयारी गरेको छ ।
समितिले तहगत राज्यसंरचनाको विकासमा समन्वय, राष्ट्रिय सम्पदा, मानवअधिकार तथा परराष्ट्र सम्बन्ध, सन्धि सम्झौताको कार्यान्वयनको अवस्था, समन्यायीक विकासको अवस्था, पिछडिएको क्षेत्र, समुदाय, संस्कृति, राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय सुरक्षा र संवैधानिक आयोग सम्बन्धी विषयहरु यस समितिको क्षेत्राधिकार भित्र रहेका छन् । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी