
काठमाडौँ – आफुलाई ‘नयाँमा राम्रो’ भनेर फुर्ती लगाउने रिलायबल नेपाल लाइफ’ इन्स्योरेन्सका अनेक काण्डहरु एकपछी अर्को गर्दै आइरहेका छन् । कम्पनीभित्र विभिन्न खालका अनुशासनका समस्या देखिएको, कम्पनीले प्रयोग गरेको विज्ञापनमा नेपाली झण्डाको दुरुपयोग गरेको, ब्याकडेटमा पोलिसी बेचेको लगायतका काण्डहरु बाहिर आइरहेका बेला कम्पनीका अध्यक्ष नै भ्याट काण्डमा मुछिएको प्रमाण फेला परेको छ । कम्पनीको प्रोफाइलमा समेत जेबिआरएच एण्ड कम्पनीको राखेर आफुलाई ठुलो देखाउने प्रयास गरेका कम्पनीका अध्यक्ष राजु कुमार शिवाकोटीको सोहि जेबिआरएच एण्ड कम्पनी, चार्टड एकाउन्टेन्ट्स नामक सिए फर्समले उठाएको भ्हियाटसमेत नतिरेको पाइएको हो । आन्तरिक राजस्व विभाग अन्तर्गतको पुतलीसडक कार्यालयले कर बारम्बार सम्पर्क गर्दा समेत सम्पर्कमा नआएको हुलाकबाट चिठी पठाउँदा कार्यालयमा चिठी नपुगेको भन्दै १५ दिने सूचना प्रकाशित गरेको फेला परेको छ ।

राजु शिवाकोटीको गैरजिम्मेवार जवाफ
यस सिवाकोटीले भने आफ्ना स्टाफले पैसा लिएर भागेका कारण आफुले भ्याटवापतको रकम तिर्न नसकेको बताएका छन् । ‘भ्याट बुझाउनुपर्ने पैसा लिएर स्टाफ बेपत्ता छन् । त्यहि भएर तत्काल भ्याट बुझाउन सकिएन ।’ उनले गैरजिम्मेवार जवाफ फर्काए । उनी नेपाल चार्टड एकाउन्टेन्टस् संघ (एक्यान)को अध्यक्षको दावेदार भएको चर्चा चलिरहेका बेला नै कर कार्यालयले यस्तो सूचना निकालेपछि उनका समर्थकहरु यसले कस्तो प्रभाव पार्ने हो भन्ने चिन्तामा रहेकोसमेत बुझिएको छ ।

यसो त यो कम्पनीको यो पहिलो काण्ड भने होइन । कम्पनीको नामदेखि कामसम्ममा विवादमा परेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स संस्थागत सुशासन कमजोर भएको कम्पनीको रुपमा चिनिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्