×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘सबै हर-हिसाव बुझाउँदा पनि सहकार्य लघुवित्तले राजीनामा स्वीकृत गरेन, संचयकोषको कार्ड पनि थुतेर राख्यो’

सर्लाही । पछिल्लो समय विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारीलाई ठग्ने, जागिर छोडेका कर्मचारीहरुलाई दुख दिने लगायतका खबरहरु एकपछि अर्कोगरी सार्वजनिक भइरहेका छन् । त्यसमाथि पनि जागिर छोड्ने कर्मचारीहरुबाट पैसा असुल्ने, राजीनामा स्वीकृत नगरेर दुख दिने लगायतका खबरहरु पनि आइरहेका छन् । एउटा त्यस्तै घटना सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ बर्गको इजाजत प्राप्त संस्था सहकार्य लघुवित्त स्वित्तीय संस्थाले आफ्ना कर्मचारीहरुलाई राजीनामा स्वीकृत नगरेर दुख दिएको भन्दै पीडीतहरु विभिन्न निकायमा पुगेका छन् ।
आफुलाई लघुवित्तले दुख दिने नियत राखेको, आफुले सबै हिसाव बुझाउंदा पनि आफ्नो राजीनामा स्वीकृत नगरिएको पीडीतको गुनासो छ । ‘मैले नियम अनुसार संस्था छोड्ने जानकारी पनि गराएको छु । संस्थाले मागेको हर हिसाव पनि बुझाएको छु । तर मलाई राजीनामा स्वीकृत नगरेर दुख दिने काम भएको छ ।’ पीडीतले अर्थ सरोकार डटकमसँग भने, ‘सहकारीले मलाई दुख दिने नियत लियो । मैले नियम अनुसार पाउनुपर्ने तलव पनि दिएन । उल्टै मेरो संचयकोषको कार्ड थुतेर राखेको छ । मेरो राजीनामा पनि स्वीकृत भएको छैन ।’
यसो त संस्थामा यस्तै समस्या धेरै भएकाले अहिले संस्था आफुले चलाउन नसकेर सञ्चालक समिति र व्यवस्थापनको सल्लाहमा मर्जरमा जाने सम्झौतासमेत भइसकेको छ ।  उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा मर्जरमा जान सहमति पत्रमा हस्ताक्षर केहि समय अगाडी भएको थियो । उक्त सहमतिपत्रमा उन्नति माईक्रोफाइनान्सको संचालक समिति अध्यक्ष अनिता ढुङ्गाना शाह र सहकार्य लघुवित्तको सञ्चालक समितिका अध्यक्ष खिलराज मैनालीले हस्ताक्षर गरेका छन् । हामीले उनै खिलराज मैनालीलाई यस विषयमा बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेको छैन । यद्यपी हाम्रो प्रयास जारी छ।  
हाल सहकार्य लघुवित्त वित्तीय संस्थाको चुक्ता पूँजी १ करोड ४० लाख रुपैयाँ रहेको छ । 


अपडेट :
यता संस्थाले भने यो समाचारको खण्डन गरेको छ । समाचार प्रकाशनपछि अर्थ सरोकारको सम्पर्कमा आएका संस्थाका सीइओले गलत काम गर्ने कर्मचारीले बदनियत राखेर गलत समाचार टिपाएको दावी गर्दै संस्थाका तर्फबाट यस्तो प्रेस बिज्ञप्ति पठाएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: