काठमाडौं – सजिलो लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्षको चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा ९४ लाख ४९ हजार रुपैयाँ कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ९६८.८९% धेरै हो । अघिल्लो वर्ष कम्पनीले ८ लाख ८४ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी ३ करोड ४७ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष संस्थाले १ करोड २१ लाख ४९ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानीकमाएको थियो । यस्तै, सञ्चालन नाफा पनि १४ लाख २५ हजार रुपैयाँबाट बढाएर ९६ लाख ४४ हजार रुपैयाँ पुर्याउन कम्पनी सफल भएको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकोले गर्दा खुद नाफा पनि बढेको देखिछ ।
यो चौथौ त्रैमाससम्ममा संस्थाले ९ करोड २५ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरेर ७२ करोड ६८ लाख १४ हजार रुपैयाँ कर्जा लगानी गरेको विवरण सार्वजनिक भएको छ । हाल सजिलोको चुक्ता पुँजी १४ करोड रुपैयाँ छ भने रिजर्भ कोषमा ७ लाख ८५ हजार रुपैयाँ रहेको छ ।
खराब कर्जा भने केही बढेको छ । अघिल्लो वर्ष शून्य रहेको खराब कर्जा यो त्रैमाससम्म आइपुग्दा ०.१२% पुगेको हो । यसको यसको कस्ट अफ फन्ड ११.६२% र कर्जा निक्षेप अनुपात ७८४.९०% छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्