
विधेयकमा उद्योग दर्ता गर्ने निकायले उद्योग दर्ता नगरेमा उजुरी गर्न पाउने प्रावधान पनि राखिएको छ । त्यसैगरी उद्योग संचालन भएको जानकारी ३० दिन भित्र अनिवार्य रुपमा सम्बन्धित निकायमा गराउनुपर्ने पनि विधेयकमा समावेश गरिएको सचिव खतिवडाले बताउनुभयो । बैठकमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आवश्यक संशोधन हालेर सो विधेयकलाई समृद्ध बनाउन समितिका सदस्यहरुलाई आग्रह गर्नुभयो । उहाँले विधेयकलाई समृद्ध बनाउन सरकारले संसदमा पेश गरेको पनि स्पष्ट पार्नुभयो ।
विधेयकको प्रस्तावनामा उद्योग क्षेत्रको प्रभावकारी व्यवस्थापन गर्ने पनि उल्लेख गरिएको छ । हेर्नुहोस् भिडियो :