×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उद्योग सचिव यामकुमारी खतिवडा र लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारी अनुपस्थित भएपछि सार्वजनिक लेखा समितिको बैठक स्थगित ! (भिडियो)

GLOBAL IME BANK

उद्योग सचिव यामकुमारी खतिवडा र लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारी अनुपस्थित भएपछि सार्वजनिक लेखा समितिको बैठक स्थगित ! (भिडियो)

२१ श्रावण २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ  । उद्योग सचिव यामकुमारी खतिवडा अनुपस्थित भएपछि होङ्शी सिमेन्टबारे छलफल गर्न मंगलबार बोलाइएको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ । चिनियाँ लगानीमा निर्माणाधिन सो सिमेन्ट उद्योगबारे विस्तृत छलफल गर्न मंगलबार सिंहदरबारमा बोलाइएको बैठक उद्योग सचिव खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी अनुपस्थित भएका कारण स्थगित गरिएको हो । समितिले जानकारी समेत नदिई बैठकमा अनुपस्थित हुनु भएका उद्योग सचिव खतिवडासँग स्पष्टिकरण पनि लिने भएको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले तराईमा रहेका कारण आफू बैंठकमा आउन नसकेको जानकारी समितिलाई दिएपनि सचिव खतिवडाले नदिएकाले उहाँमाथि स्पष्टिकरण सोध्ने निर्णय गरिएको समितिका सचिव डा. रोजनाथ पाण्डेले बताउनुभयो ।
चिनियाँ लगानीमा धादिङको रोराङ गाउँपालिकामा निर्माणाधिन सो कम्पनी विवादमा तानिएपछि गठित समिति अन्तरगतको उपसमितिले तयार परेको प्रतिवेदनमा उठाइएका विषयबारे सचिव खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकारी अधिकारीसँग विस्तृत छलफल गर्ने कार्यसूचि तय गरिएको थियो । सांसद लेखराज भट्ट नेतृत्वको उपसमितिले तयार पारेको प्रतिवेदनमा सो उद्योग स्थापनाका लागि ५० वर्ष जग्गा भाडामा लिने सम्झौता तत्काल रद्द गर्नुपर्ने सिफारिस गरिएको छ । त्यस सम्बन्धमा सरोकारवाला निकायसँग विस्तृत छलफल गरेपछि सरकारलाई आवश्यक निर्देशन दिने समितिको तयारी छ । सचिव पाण्डेले समितिको अर्को बैठकमा उद्योग सचिव खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई पुनः बोलाएर सो सम्बन्धमा विस्तृत छलफल गर्ने बताउनुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: