×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला, ब्याजदर १०.२५ प्रतिशत !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सिद्धार्थ बैंकको २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला, ब्याजदर १०.२५ प्रतिशत !

Artha Sarokar

५ भाद्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सिद्धार्थ बैंकको २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र आज (भदौ ५ गते)देखि बिक्री खुल्ला भएको छ । बैंकले प्रति कित्ता १ हजार दरले २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये १० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १५ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई विक्री गर्ने जनाएको छ ।
बैंकले उक्त ऋणपत्रमा वार्षिक १०.२५% ब्याज दिने जनाएको छ ।  बैंकले ७ वर्ष अवधिको ‘१०.२५५ सिद्धार्थ बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । बैंकको बिक्री प्रबन्धकको काम एनएमबि क्यापिट ले गर्ने भएको छ । ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले मध्यम खालको सुरक्षा जनाउने एलबीबीबी प्लस दिएको छ । बैंकले निष्काशन गर्न लागेको ऋणपत्र छिटोमा भदौ ९ र ढिलोमा असोज ५ गते भित्र आवेदन दिइसक्नुपर्ने ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी