काठमाडौं – सिर्जना फाइनान्सको ६०% हकप्रद सेयर आउने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १०ः६ अनुपातमा २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति प्रदान गरेको छ । उक्त हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले औसत आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ ।
यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ । हाल सिर्जनाको चुक्ता पुँजी ४६ करोड ८ लाख १५ हजार रुपैयाँ छ । हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ७३ करोड ७३ लाख रुपैयाँ पुग्नेछ ।