काठमाडौं – स्टान्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०७५/०७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा २ अर्ब ४९ करोड ५३ लाख ६० हजार रुपैयाँ कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा १३.९४% ले धेरै हो । अघिल्लो वर्ष बैंकले २ अर्व १८ करोड ९८ लाख ९८ हजार रुपैयाँ कमाएको थियो । यता, यसअवधिमा बैंकको वितरण योग्य नाफा १ अर्ब ८० करोड २४ लाख ५३ हजार रुपैयाँ रहेको छ । जसबाट २२% सम्म लाभांश बाड्न सकिने क्षमता रहेको छ ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ६.८२% र १५.३५% ले बढेको छ । बैंकले खुद ब्याज आम्दानी ३ अर्ब ५२ करोड ३१ लाख ८९ हजार रुपैयाँ कमाएको छ । सञ्चालन नाफा ३ अर्व ४८ करोड ७ लाख ९० हजार रुपैयाँ पुर्याएको छ ।
यो चौथौ त्रैमाससम्ममा बैंकले निक्षेप संकलन १२.९२%ले र कर्जा लगानी १९.१८%ले बढेको छ । बैंकले ७५ अर्व ७३ करोड १५ लाख निक्षेप संकलन गरी ५३ अर्व ११ करोड १ लाख कर्जा प्रवाह गरेको छ । बैंकको जगेडा कोष १४.६७%ले बढेर ५ अर्व १७ करोड २८ लाख रुपैयाँ जम्मा गरेको छ ।
बैंकको खराव कर्जा ०.०३% घटेर ०.१५%मा झरेको छ। संस्थाको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८२ पैसाले बढेर ३१ रुपैयाँ १५ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ०८ पैसा पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्