×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकका अध्यक्षको पद पनि ‘चैट्’, नागरिकता आफैँ बोल्छ, ‘उमेर ७४ कटिसक्यो…’ (प्रमाणसहित)

PRIME CA
GLOBAL IME BANK

सनराइज बैंकका अध्यक्षको पद पनि ‘चैट्’, नागरिकता आफैँ बोल्छ, ‘उमेर ७४ कटिसक्यो…’ (प्रमाणसहित)

२६ श्रावण २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडको अध्यक्ष पद पनि चैट भएको छ । नेपाल राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै अवदेखि ७० बर्षभन्दा माथि रहेका व्यक्ति बैंकको अध्यक्ष बन्न नपाउने र बनिरहेकाहरुको हकमा ७४ काटेका व्यक्ति बैंकका अध्यक्ष भएको खण्डमा पदमुक्त हुने जानकारी दिएपछि उनी पदमुक्त भएका हुन् । तर राष्ट्र बैंकको सर्कुलरको अटेरी गर्दै उनले अझै पनि पद नछोडेको सनराइज स्रोतको दावी छ ।
यस अघि उमेरहदका कारण नबिल बैंकका अध्यक्ष, एभेरेष्ट बैंकका अध्यक्षको पनि पद चैट भएको थियो भने प्राइम बैंकका सीइओ पनि उमेरहदकै कारण पदमुक्त भएका थिए । यद्यपी उनी उमेरहदको व्यवस्था विरुद्ध अहिले सर्वोच्च अदालत गएका छन् । सर्कुलर जारी गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संचालकको लागि ७० वर्षको उमेर हद तोकेको छ भने प्रमुख कार्यकारी अधिकृतको हकमा ६५ वर्षको उमेर हद तोकिएको छ । राष्ट्र बैंकको निर्देशिका कार्यान्वयनमा आएसँगै एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले तत्कालै पद छाड्नुपर्छ । 
नागरिकताको कपि राष्ट्र बैंकका हाकिमसम्म पुग्यो !
अझ रमाइलो कुरा त के छ भने सनराइज बैंकका एक उच्च अधिकारीले नै आफ्ना अध्यक्षको नागरिकता राष्ट्र बैंकका हाकिमसम्म पुर्याएका छन् । उनकै मोबाइलबाट दुगडको नागरिकता राष्ट्र बैंकको हाकिमसम्म पुगेको छ । यो कामलाई बैंकका सीइओ जनक शर्मा पौड्याललेसमेत बढावा दिएको आरोप सनराइज बैंकका कर्मचारीहरुको छ । यो सूचना भेरिफाइ गर्न खोज्दा भने सीइओ पौड्याल अर्थ सरोकारको सम्पर्कमा आएनन् ।  यद्यपी नेपाल राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले भने सनराइज बैंकका सीइओबाट नै आफुले उक्त तथ्य पत्ता लगाएको दावी गरेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: