×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सपोर्ट माइक्रोफाइनान्सले गर्यो चम्किलो प्रगति, खुद नाफा १२२.१३% ले वृद्धि !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सपोर्ट माइक्रोफाइनान्सले गर्यो चम्किलो प्रगति, खुद नाफा १२२.१३% ले वृद्धि !

२१ श्रावण २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाको खुद नाफा १२२.१३% ले बढोत्तरी गरी ५४ लाख ४९ हजार रुपैयाँ कमाएको छ । गत वर्ष संस्थाले २४ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
यस्तै, संस्थाको खुद ब्याज आम्दानी ५७.६२% वृद्धि गरी ४ करोड २ लाख ३८ हजार रुपैयाँ पुगेको छ ।  गत वर्ष संस्थाको खुद ब्याज आम्दानी २ करोड ५५ लाख २८ हजार रुपैयाँ मात्र रहेको थियो। साथै, सञ्चालन नाफा  १४५.५२% ले बढेर ८५ लाख ६४ हजार रुपैयाँ पुर्याएको छ ।
यो चौथौ त्रैमाससम्ममा संस्थाले १३ करोड ७४ लाख ९६ हजार रुपैयाँ निक्षेप संकलन गरी ६६ करोड १८ लाख ४६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल संस्थाको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८९ लाख ४ हजार रुपैयाँ छ । 
यता, कम्पनीले खराब कर्जा १.७९% बाट घटाएर १.३६% मा झारेको छ भने कस्ट अफ फन्ड ११.१९% रहेको छ । प्रतिसेयर आम्दानी ९ रुपैयाँ ०८ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ८४ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी