Skip to content
LAXMI SUNRISE BANK

सुरु भयो नेपाल राष्ट्र बैंक र नारायणदास मानन्धरको लडाई, उमेर हद खारेजीको माग गर्दै सर्वोच्चमा रिट !

अर्थ सरोकार

काठमाण्डौ । उमेर हदको विषयलाई लिएर नेपाल राष्ट्र बैंक र नारायणदास मानन्धरको लडाई सुरु भएको छ ।  नेपाल राष्ट्रबैंकले परिपत्रमार्फत उमेरको हद तोकेपछि जागिरबाट बाहिरिएका प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले सर्वोच्चमा रिट दायर गरेका छन्। 


उनी पदमुक्त हुनुभन्दा चार दिनअघि मात्रै उनलाई बैंकको संचालक समितिले ४ वर्षका लागि पुनः नियुक्ति गरेको थियो । उनको कार्यकालको विवाद पनि यथावत नै थियो । उनले साउन २२ गते  नैउत्प्रेषणको आदेशको मागसहित सर्वोच्चमा रिट दिएका हुन् ।

उनले दर्ता गराएको रिट बिहीबार ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ  । यो रिटमा नबिल बैंकका अध्यक्षको समेत सल्लाहमा हालिएको स्रोतको दावी छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK