काठमाडौँ – उद्योगी/व्यवसायीहरुले कर वृद्धि गरिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका अध्यक्ष सतिसकुमार मोरले चालू आर्थिक वर्षबाट सरकारले कर एकैपटक चार गुणा बढि हुने गरी वृद्धि गरेको उल्लेख गर्दै सरकारको आलोचना गर्नु भएको हो । आईतबारबाट ललितपुरमा सूरु भएको व्यवस्थापन गोष्ठीमा बोल्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले स्थानीय तहमा समेत गरी दोहोरो करमा मारमा पार्ने काम नगर्न सरकारको गम्भिर ध्यानाकर्षण पनि गराउनु भयो । उहाँले करको दायरा बढाउने अभियानमा भने सरकारलाई साथ दिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
नेपाल उद्योग परिसंघका अध्यक्ष सतिसकुमार मोरले कर मैत्री वातावरण बनाउन सरकारसँग माग गर्नुभयो । उहाँले व्यवसायीहरुलाई हतोत्साही हुने गरी करको व्यवस्था सरकारले गर्न नहुने पनि स्पष्ट पार्नुभयो।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले सरकारले चालू आर्थिक वर्षबाट कर वृद्धि गरेर व्यवसायीहरुलाई मारमा पारेको भन्दै तत्काल हटाउन माग गर्नु भयो । उहाँले व्यवसायका लागि चर्को व्याजदरका कारण मुलुकको उद्योगधन्दा फष्टाउने अवस्था नरहेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।
उपाध्यक्ष प्रधानले करको दायरा बढाउने कार्यमा भने महासंघले सरकारलाई सक्दो सहयोग गर्ने पनि बताउनु भयो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्