×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

द पर्पल बुक अफ ट्याक्सको ४८ घन्टे ‘प्रि-बुकीङ’ खुल्ला, आज बुक गरे १० % छुट र फ्री होम डेलिभरी !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

द पर्पल बुक अफ ट्याक्सको ४८ घन्टे ‘प्रि-बुकीङ’ खुल्ला, आज बुक गरे १० % छुट र फ्री होम डेलिभरी !

२१ श्रावण २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गतबर्ष नेपाली बजार पिटेको कर सम्बन्धि पुस्तक ‘द पर्पल बुक अफ ट्याक्स’को दोश्रो संस्करण बजारमा यहि शुक्रबार आउने भएको छ । यसैबीच किताबको  दोश्रो संस्करणको प्रि-बुकीङ खुल्ला भएको छ । किताब यात्रामार्फत खुलाइएको प्रि बुकीङ हिजोबाट खुल्ला भएको हो । ४८ घण्टाभित्र किताबको बुकीङ गरे १० % छुट पाइनेछ भने फ्री डेलिभरीको व्यवस्था पनि छ । यो पुस्तकको मूल्य यो बर्ष ९०० रुपैयाँ राखिएको छ । प्रि बुकीङ सकिएपछि पनि होम डेलिभरी भने नि:शुल्क हुनेछ ।  
किताब यात्रा प्रालिका डेपुटी सीइओ विकेश भट्टराइले दिएको जानकारी अनुसार प्रि-बुकीङमामात्र छुट प्राप्त हुनेछ । त्यसपछि किताबमा कुनै पनि किसिमको छुट पाइने छैन । यद्यपी नेपालभर फ्री होम डेलिभरीको भने व्यवस्था हुनेछ । ‘हामीसँग २०० सिमित कपि छ । बजारको डिमाण्ड ठुलो छ । त्यहि भएका कारण यसपाली छुटमा अलि कडाइ गरेका हौँ । किताब यात्राले घर-घरमै पुस्तक पुर्याईदिने हुँदा किताब किन्नेलाई भने पुस्तक पसलमा गएर छुट पाएर किनेको भन्दा सस्तो पर्छ। ‘ भट्टराइले भने । उनका अनुसार किताबयात्राको फेसबुक पेजमा गएर, वा किताब यात्रामा फोन गरेर किताब अर्डर गर्न सकिनेछ ।     
यता पुस्तकका लेखक शेषमणि दाहालले यसपाली उक्त पुस्तकलाई थप परिमार्जन गरेर ल्याइएको बताएका छन् । यसपाली सिएको  तेश्रो तथा क्याप थ्रीका विद्यार्थीहरुलाईसमेत टार्गेट गरेर पुस्तकका कन्टेन्टहरु निर्माण भएको उनको भनाइ छ । पुस्तक बजारमा आएपछि देशभर किताबयात्रा प्रालिले वितरण गर्नेछ भने देशभर चलेका पुस्तक पसलहरुमासमेत पाइनेछ ।                .
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी