×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाइटेड इदीमर्दी एण्ड आरबी हाइड्रोपावरको आइपीओ आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

युनाइटेड इदीमर्दी एण्ड आरबी हाइड्रोपावरको आइपीओ आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

Artha Sarokar

१६ श्रावण २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – युनाइटेड इदी मर्दी एण्ड आर बी हाइड्रोपावरले १० करोड ५० लाख रुपैयाँ बराबरको आइपिओ आउने भएको छ । कम्पनीले प्रति कित्ता १०० दरले १० लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो । 
कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई एकैपटक आइपीओ बिक्री गर्न लागेको हो । यस आइपीओमा ग्लोबल आइएमइ क्यपिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । यस हाइड्रोपावरको आइपीओले ग्रेड ४ रेटिङ प्राप्त गरेको छ ।
आइपीओ बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर रेसियो ७५ः२५ हुने कम्पनीको भनाई छ । योजनाको कुल लागत १ अर्ब ३७ करोड ५० लाख रुपैयाँ पुग्ने भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी