×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

युनाइटेड इन्स्योरेन्समा पुन: ‘राजीनामाको लफडा’, छोड्नेहरुमाथि एचआर विभाग ‘कडा’, नेतृत्वमाथि प्रश्न खडा !

काठमाडौँ । पटक पटक अनेक विवादमा आउने युनाइटेड इन्स्योरेन्समा पुन: ‘राजीनामाको लफडा’ देखिएको छ । कम्पनीमा केहि समय अघिदेखि एकपछि अर्का राम्रा र बलिया मानिएका कर्मचारीहरुले कम्पनी छोड्न थालेपछि एचआर विभागले राजीनामा स्वीकृति नगर्न दवाव दिएसंगै यस्तो लफडा निस्किएको कर्मचारीहरु बताउँछन् । कर्मचारीहरुले राजीनामा दिएको ३ महिना पुगिसक्दा पनि राजीनामा स्वीकृत भएको छैन । यसले काम छोड्ने कर्मचारीहरुलाई पनि समस्यामा पारेको छ भने नेतृत्वको नियतमाथि पनि गम्भीर प्रश्न उठेको छ ।
कम्पनीको स्थिति यतिसम्म भयावह छ कि विगत ६ वर्षदेखि यता उच्च व्यवस्थापनका ९ जना कर्मचारीहरुले राजीनामा दिइसकेका छन् । पछिल्लो समय राजीनामा दिएकाहरुमध्ये पनि कसैको राजीनामा स्वीकृत भएको छ भने अधिकांसको स्वीकृत हुन बाँकी छ । हाल कम्पनीको ‘अन्डर-राइटिङ’ विभाग, दावी विभाग र परिपालन विभाग रिक्त छ । जसका कारण इन्स्योरेन्समा दावीको समस्या परेको छ । 
यता कम्पनीका एचआर विभाग भने यस विषयमा औपचारिक रुपमा बोल्न चाहिरहेको छैन । ‘राजीनामा दिनु-आउनु स्वाभाविक हो ।’ एचआर विभागका एक कर्मचारीले भने, ‘एकैपटक अलि बढीको राजीनामा आएकाले स्वीकृतिमा समस्या भएको हो । तर जागिर छोडेकालाई अड्काईराख्ने नियत भने होइन ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: